समाचार

लालपुर्जा नदिइञ्जेल सुकुम्बासीलाई मासिक १५ हजार दिने तयारी

Ad 1
Ad 2
Ad 3
Ad 4

सरकारले लालपुर्जा नपाउञ्जेल सुकुम्बासीलाई मासिक रकम दिने तयारी गरेको छ ।

लालपुर्जा नपाउञ्जेल अस्थायी व्यवस्थापनका लागि मासिक १५ हजार रुपैयाँ घरभाडा उपलब्ध गराउने तयारी गरेको हो । यसबारेमा प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बिहीबार सरकारी प्रतिनिधिहरूले जानकारी दिएका छन् ।

समिति सभापति हरि ढकालकाअनुसार सहरी विकास मन्त्रालय र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका मन्त्री एवं पदाधिकारीहरूले सुकुम्बासी व्यवस्थापनको हालसम्मको प्रगति विवरण पेस गर्दै उक्त योजनाबारे जानकारी दिए।

Related Articles

Back to top button