वीरगन्ज महानगरले ल्यायो ३ अर्ब २२ करोडको बजेट

वीरगंज,९ आषाढ ।
वीरगञ्ज महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि तीन अर्ब २२ करोड ४८ लाख ४९ हजार रुपैयाँको अनुमानित बजेट ल्याएको छ। सोमबार नगरसभाको १७औँ अधिवेशनमा उपप्रमुख इम्तियाज आलमले आगामी आर्थिक वर्षका लागि अनुमानित आय–व्ययसहितको बजेट प्रस्तुत गरेका हुन्।
महानगरले चालु आर्थिक वर्षकोभन्दा झण्डै ३३ करोड बढीको बजेट ल्याएको छ। चालु आर्थिक वर्ष २०८१/२०८२ का लागि महानगरको बजेट दुई अर्ब ८९ करोड ४८ लाख १७ हजार रुपैयाँको थियो।
आगामी आर्थिक वर्षको बजेटमा चालू खर्चतर्फ दुई अर्ब २६ करोड ५० लाख ४९ हजार (७०.२४ प्रतिशत), पुँजीगत खर्चतर्फ ९२ करोड ३४ लाख (२८.६४ प्रतिशत) र वित्तीय व्यवस्थापनतर्फ तीन करोड ६४ लाख (१.१२ प्रतिशत) छुट्याइएको छ।
बजेटको अनुमानित खर्च व्यहोर्ने स्रोतहरुमा आन्तरिक राजश्वबाट एक अर्ब १५ करोड, संघीय अन्तर सरकारी वित्तीय हस्तान्तरणबाट एक अर्ब ३७ करोड ३० लाख, संघीय राजश्व बाँडफाँटबाट २३ करोड ७८ लाख, प्रदेश अन्तर सरकारी वित्तीय हस्तान्तरणबाट पाँच करोड २८ हजार, प्रदेश राजस्व बाँडफाँटबाट एक करोड ६७ लाख १३ हजार, घरजग्गा रजिष्ट्रेशन शुल्कबापत २५ करोड र नगद मौज्दातबाट १५ करोड व्यहोरिने उल्लेख छ।
नगरसभामा बजेट प्रस्तुत गर्दै उपमेयर आलमले आगामी आर्थिक वर्षको बजेटमा शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, सरसफाइ, वातावरण संरक्षण, गुणस्तरीय भौतिक पूर्वाधार र डिजिटलमैत्री सेवा प्रवाहलाई प्राथमिकतामा राखिएको बताए। नगरसभामा महानगरका मेयर राजेशमान सिंहले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए।




Thank you for your sharing. I am worried that I lack creative ideas. It is your article that makes me full of hope. Thank you. But, I have a question, can you help me? https://www.binance.bh/futures/ref?code=MBLCVVZG
I don’t think the title of your article matches the content lol. Just kidding, mainly because I had some doubts after reading the article.