समाजस्थानीय

जिल्ला प्रशासनको सूचना, सीमामा नेपाल प्रवेश गर्ने बिदेशी नागरिकको बिवरण संकलन गरिने

Ad 1
Ad 2
Ad 3
Ad 4

वीरगंज । जिल्ला प्रशासन कार्यालय पर्साले एक सूचना जारी गरि सीमा नाकाबाट हुने अवैध घुसपैठलाई नियन्त्रण गर्न अपिल गरेको छ ।

जिल्ला सुरक्षा समिति पर्साको बैशाख १० गते बसेको बैठकले सीमा क्षेत्रबाट प्रवेश यात्रुहरुको रुजु गर्नकालागि अध्यागमन कार्यालय, नेपाल प्रहरी र शस्त्र प्रहरीलाई परिचालन गरिएको समेत उल्लेख छ ।

देशको सरक्षा अवस्थालाई ध्यानमा राखी सबै नागरिकलाई यो अभियानमा सघाउन समेत स्थानीय प्रशासनले अपिल गरेको छ ।

स्थानीय प्रशासनले आफ्नो गाउँठाउँमा कुनै बिदेशी यात्रु भएको पहिचान भएमा स्थानीय प्रशासनलाई सूचना दिन आम नागरिकमा अपिल गरेको छ ।

त्यस्तै बिदेशी यात्रुको बिवरण संकलनमा सीमा नाकामा खटिएका सुरक्षाकर्मी कर्मचारीलाई सघाउ पुर्याउन,अवैध रुपमा सीमा पार गर्ने वा गराउने गतिविधि भएकामा सूचनामा दिन र यो कार्य सीमा सुरक्षा र सुशासनकालागि लिइएको हुनाले यस अभियानमा रचनात्मक सहकार्य र समन्वयकालागि जिल्ला प्रशासन कार्यालयले अपिल गरेको हो ।

जिल्ला प्रशासन कार्यालय पर्साले शान्ति सु ब्यवस्स्था कायम गर्नकालागि आफ्नो यो अभियानमा सघाउ गर्नकालागि आम नागरिकसंग अपेक्षा राखेको समेत जनाएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button