पर्सागढी मेयर प्रीमियर लिग क्रीकेट प्रतियोगिता आजदेखि शुरू,पहिलो खेलमा चैनपुर टाइगरलाई ४३रनले हराउदै पर्सा डोमिनेटर विजयी

पर्सा । रामनिवास कुमार पटेल । पर्साको पर्सागढी नगरपालिका वडा नम्बर ६ टोल तित्रौनाका पर्सागढी ल्यान्स कलबद्वारा आयोजित पर्सागढी मेयर प्रीमियर लिग सिजन २ प्रातियोगिता आज देखि शुरु भएको छ । पर्सागढी मेयर प्रीमियर लिग सिजन २ का विजेतालाई नगद रु ८० हजार र उपविजेता टोलीलाई नगद रु ५० हजार र कप प्रदान गरिने छ, साथै सेमी फाइनल खेलने टीमलाई पनि रु १०-१० हजार नगद दिने प्रतियोगिताका आयोजक पर्सागढी ल्यान्स कलबका अध्यक्ष देबेन्द्र यादव तथा पर्सागढी नगरपालिका–६ का वडा सदस्य जितेन्द्र यादवले जानकारी दिएका छन ।

प्रतियोगितामा नगरका आठ टोलीबीच प्रतिष्पर्धा हुने जनाइएको छ ।युवालाई कुलतबाट बचाउन तथा शारीरिक सुगठनका लागि सचेत बनाउने उद्देश्यका साथ दोस्रो पर्सागढी मेयर प्रीमियर लिग क्रीकेटको आयोजना गरिएको प्रतियोगिताका सहयोगी पर्सागढी नगरपालिका नगर प्रमुख गोकर्ण पाठकले जानकारी दिए, नगर प्रमुख पाठकले पर्सागढी मेयर प्रीमियर लिगलाई निरन्तरता दिइने प्रतिबद्धतापनि व्यक्त गर्नु भएका छन साथै नगर प्रमुख गोकर्ण पाठकलाई आयोजक पर्सागढी लायन्स कलबका अध्यक्ष लगाएत सम्पुर्ण सदस्यहरुले ३० किलोका माला लगाइ सम्मान गरेका छन।

यस कार्यक्रमका बीच बुधबारको दिन तित्रौनाको झुलाङ्गा पुल नजिक खेल मैदानमा नगरपालिकाका प्रमुख गोकर्ण पाठक, समाजसेवी बिनोद यादव, समाजसेवी सुरज मानेन्धर कार्यक्रमका सभापति देबेन्द्र यादव र पर्सागढी नगरपालिका–६ का वडा सदस्य जितेन्द्र यादवले रिविन कातेर क्रिकेट खेलेर प्रतियोगिताको उद्घाटन गर्नुभएको हो ।
यस कार्यक्रममा प्रमुख अतिथि पर्सागढी नगरपालिकाका नगर प्रमुख गोकर्ण पाठक , वरिष्ठ अतिथि समाजसेवी बिनोद यादव, पर्सागढी नगरपालिकाका वडा नम्बर ७ का वडा अध्यक्ष शंकर राय भर , ७ का नेकपा एमालेका वडा सभापति नन्दु पटेल , समाजसेवी करिमन यादव, नितेश (शर्मा) पटेल, नगर प्रमुखका स्वकृय सचिव संजय पञ्जियार लगाएतको उपस्थिति रहेको थियो ।

दोस्रो पर्सागढी मेयर प्रीमियर लिग क्रीकेट प्रतियोगिताको पहिलो खेलमा चैनपुर टाइगरलाई ४३ रनले हराउदै पर्सा डोमिनेटर विजयी
पर्सागढी नगरपालिका वडा नम्बर ६ टोल तित्रौनाको झुलङ्गे पुल नजिक खेल मैदानमा आयोजित दोस्रो पर्सागढी मेयर प्रीमियर लिग क्रीकेट प्रतियोगिताको पहिलो खेल पर्सा डोमिनेटरले जितेको छ ।

दोस्रो पर्सागढी मेयर प्रीमियर लिग प्रतियोगिताको पहिलो खेलको पहिलो इनिङमा पर्सा डोमिनेटरले १६ ओभरमा ६ विकेत गुमाएर १८४ रन जोडेको थियो । पर्सा डोमिनेटरका खेलाडी योगराज सर्माले १२ बलमा सर्वाधिक ३४, मिथलेश यादवले १७ बलमा ३५ रन जोडेका थिए भने अब्दुल रहमानले २१ बलमा ५३ रन जोडेका थिए ।


खेलको दोस्रो इनिङमा चैनपुर टाइगरले १८५ रनको लक्ष्यलाई पछत्याउँदैं १५ ओभर २ बलमा १० विकेट गुमाउदै प्रतियोगिताको पहिलो खेल पर्सा डोमिनेटरले जितेको थियो भने म्यान अफ द म्याचको पुरस्कार २१ बलमा ५३ रन बनाई पर्सा डोमिनेटरका खेलाडी अब्दुल रहमानले पाएका थिए ।




