खेलकुदमधेस प्रदेशसमाचारस्थानीय

पर्सागढी मेयर प्रिमियर लिग सिजन-२ आजदेखि सुरु, पहिलो खेलमा पर्सा डोमिनेटर र चैनपुर टाइगर्स भिड्दै

पर्सा । पर्सागढी नगरपालिकामा ‘पर्सागढी मेयर प्रिमियर लिग सिजन-२ (२०८३)’ आजदेखि औपचारिक रूपमा सुरु हुँदैछ।

​प्रतियोगिताको उद्घाटन खेलमा सिजन-१ का च्याम्पियन पर्सा डोमिनेटर (Parsa Dominator) र चैनपुर टाइगर्स (Chainpur Tigers) बीच प्रतिस्पर्धा हुनेछ। ​आयोजकका अनुसार आजबाट सुरु हुने यस रोमाञ्चक क्रिकेट प्रतियोगिताको पहिलो खेल पर्सागढी-०६, चैनपुरस्थित (झुलुंगे पुल नजिक) खेल मैदानमा हुनेछ।

स्थानीयस्तरमा क्रिकेट खेलप्रति युवाहरूको बढ्दो आकर्षणलाई मध्यनजर गर्दै आयोजित यस प्रतियोगिताको पहिलो खेलमा कसले बाजी मार्ला भन्नेमा खेलप्रेमीहरूको चासो बढेको छ। आयोजकले सम्पूर्ण खेलप्रेमीहरूलाई खेल अवलोकनका लागि मैदानमा उपस्थित हुन आग्रह गरेको छ।

Related Articles

Back to top button