मधेस प्रदेशराजनीतिसमाचारस्थानीय

पर्साको पकहाँ मैनपुर गाउँपालिकाको १४ औं गाउँ सभा सम्पन्न, ३२ करोड ६३ लाखको बजेट सार्वजनिक

Ad 1
Ad 2
Ad 3
Ad 4

रामनिवास कुमार पटेल
पर्सा ,९ अषाढ ।
पर्साको पकहाँ मैनपुर गाउँपालिकाको १४ औं गाउँ सभा अधिवेशन सोमबारका दिन सम्पन्न भएको छ। गाउँ कार्यपालिकाको कार्यालयमा सम्पन्न उक्त अधिवेशनमा आर्थिक वर्ष २०८२/०८३ का लागि वार्षिक नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गरिएको हो।

गाउँपालिका अध्यक्ष सुरेश प्रसाद मेहताको अध्यक्षतामा सम्पन्न सभामा उपाध्यक्ष सलफुन नेशा, प्रमुख प्रशासकीय अधिकृत देवनाथ साहसहित स्थानीय जनप्रतिनिधिहरू, राजनीतिक दलका प्रतिनिधि, कर्मचारी, शिक्षक, बुद्धिजीवी र स्थानीयवासीको सहभागिता रहेको थियो। सभामा ३२ करोड ६३ लाख ८७ हजार रुपैयाँको कुल बजेट प्रस्तुत गरिएको हो।

सभामा प्रमुख प्रशासकीय अधिकृत साहले नीति तथा कार्यक्रम तर्जुमा प्रक्रियामा सुझाव र सहयोग गर्ने आम नागरिक, स्थानीय प्रतिनिधिहरू, शिक्षक, कर्मचारी, तथा सरोकारवालाहरूलाई धन्यवाद व्यक्त गर्दै नीति कार्यान्वयनमा निरन्तर साथ–सहयोग रहने अपेक्षा व्यक्त गरेका थिए।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button