समाचार

इरानले भन्यो– २४ घण्टाभित्र अमेरिकासँग कुनै शान्ति सम्झौता हुनेछैन, मिति अझै तय भएको छैन

Ad 1
Ad 2
Ad 3
Ad 4

इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बागाईले आगामी २४ घण्टाभित्र अमेरिका र इरानबीचको शान्ति सम्झौतामा हस्ताक्षर नहुने बताएका छन् ।

उनका अनुसार आगामी केही दिनमा सम्झौता हुनसक्छ, तर मिति अझै तय भइसकेको छैन ।

एक प्रेस विज्ञप्ति जारी गर्दै उनले पाकिस्तानले मध्यस्थता गरिरहेको सम्झौता केवल युद्ध अन्त्य गर्ने उद्देश्यले गरिएको बताए । साथै, उनले अहिले आणविक मुद्दामा कुनै छलफल नहुने उल्लेख गरेका छन् ।

उनका अनुसार अमेरिकाले बारम्बार आफ्नो अडान परिवर्तन गरेको छ, त्यसैले सम्झौताको बारेमा सावधानी अपनाउनु आवश्यक छ ।

यसअघि पाकिस्तानी प्रधानमन्त्री शाहबाज शरीफले अमेरिका र इरानबीच आगामी २४ घण्टाभित्र शान्ति सम्झौता हुनसक्ने दाबी गरेका थिए ।

facebook sharing button

Related Articles

Back to top button