मधेस प्रदेशराजनीतिसमाचारसमाज

पर्सागढी नगरपालिकाका नगर प्रमुख पाठकद्वारा वीरगन्ज महानगरका विभिन्न वडामा पानी वितरण

Ad 1
Ad 2
Ad 3
Ad 4

पर्सा । रामनिवास कुमार पटेल ।
वीरगन्ज महानगरपालिका अधिकांश वडाहरुमा चापाकल सुकेर पानीको संकट बढेपछि पर्साकै पर्सागढी नगरपालिकाले दमकलबाट पानी ओसारेर वितरण गर्न सुरु गरेको छ । पर्सागढी नगरपालिकाका नगर प्रमुख गोकर्ण पाठकले नगरपालिकाको दमकल (वारुण यन्त्र) को ट्यांकीमा पानी भरेर वीरगन्ज महानगरका विभिन्न वडामा पानी वितरण गर्न थालेका हुन् ।

पहिलो दिन आइबार वीरगन्ज महानगरपालिका वडा नम्बर २४ रामघढवामा एक ट्यांकरबाट करिब २ हजार लिटर पानी वितरण गरिएको नगर प्रमुख पाठकले जानकारी दिए । एनका अनुसार, पर्सागढी नगरपालिकाको बहुआर्वामा रहेका डीप बोरिङबाट दमकलको ट्यांकीमा पानी भरेर वीरगन्जका विभिन्न वडामा पानी वितरण गर्न थालिएको हो । आइबारदेखि पानी वितरणको काम सुरु गरिएको भन्दै नगर प्रमुख पाठकले सोमबारदेखि महानगरका अन्य वडाहरुमा पनि पानी वितरण गरिने बताए ।

चापकल सुकेर खानेपानीको संकट नै परेका बेला मानवताको भावनाले आँफुले यो काम थालेको उनले बताए । उनले महानगरमा पानीको समस्या समाधान नहुन्जेलसम्म पानी वितरण कार्यलाई निरन्तरता दिनेपनि बताएका छन भने वीरगन्ज महानगरपालिकालेपनि महानगरका विभिन्न वडाहरुमा ट्यांकरमार्फत पानी वितरण कार्य सुरु गरेको छ ।

Related Articles

One Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button