स्थानीय

वीरगञ्जमा तिलगंगा रेफ्रेक्टिभ सर्जरी स्क्रिनिङ कार्यक्रम सम्पन्न

Ad 1
Ad 2
Ad 3
Ad 4

वीरगन्ज । वीरगञ्ज सामुदायिक आँखा केन्द्रको सहयोगमा तिलगंगा आँखा प्रतिष्ठान काठमाण्डौले “बिना चश्माले पनि दृष्टि सम्भव” भन्ने नाराका साथ शनिबार एक विशेष रेफ्रेक्टिभ सर्जरी स्क्रिनिङ कार्यक्रम सम्पन्न गरेको छ।तिलगंगा आँखा प्रतिष्ठान द्वारा शुरु गरिएको यो कार्यक्रम वीरगंजमा प्रत्येक महिना हुनेछ ।

यो कार्यक्रम तिलगंगा आँखा प्रतिष्ठान का रेफ्रेक्टिभ, कर्निया तथा क्याटर्याक्ट सर्जन डा. सागर रुइत र डा. पुरुषोत्तम ढुंगाना को नेतृत्वमा सम्पन्न गरिएको थियो।

कार्यक्रम अन्तर्गत ७२ जना बिरामीहरुको आँखा परीक्षण गरिएको थियो । तीमध्ये ६ जनामा दृष्टिदोष (अपवर्तन त्रुटि) पाइएको र प्रारम्भिक परीक्षणको नतिजा अनुसार उनीहरुमा रेफ्रेक्टिभ सर्जरीका लागि सकारात्मक सिफारिस प्राप्त भएको जानकारी दिइएको छ।

आगामी उपचारका लागि ती ६ जना बिरामीलाई थप मूल्याङ्कनका लागि काठमाडौंस्थित तिलगंगा आँखा प्रतिष्ठानमा सर्जरीका लागि सिफारिस गरिएको मेडिकल कोअर्डिनेटर महेश सिंह धामीले जानकारी दिएका छन्।

यो कार्यक्रमले स्थानीय समुदायमा आधुनिक आँखा उपचार सेवाको पहुँच विस्तार गर्नेछ — साथै दृष्टि सुधारका नयाँ अवसरहरू प्रदान गर्ने अपेक्षा गरिएको छ।

Related Articles

One Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button