राष्ट्रिय

जेन–जीका मागहरू सम्बोधन हुँदैन भने यसपालिको चुनाव हुन दिँदैनौं: सुदन गुरूङ

Ad 1
Ad 2
Ad 3
Ad 4

जेनजी आन्दोलनबाट चर्चामा आएका हामी नेपालका संस्थापक सुदन गुरूङले गृहमन्त्री ओमप्रकाश अर्यालप्रति आक्रोश व्यक्त गरेका छन्।

सामाजिक सञ्जाल फेसबुकमा गुरूङले गृहमन्त्री अर्याललाई ‘अलोकप्रिय’ भनेका छन्। त्यस्तै उनले गृहमन्त्रीले जनताको भरोसा पूरा गर्न नसकेको भनेका छन्।

‘देशभरबाट ‘हत्यारालाई कारबाही गर’ ‘भ्रष्टाचारीलाई कारबाही’ गर भन्ने आवाज उठ्दा ‘जेन–जी लाई कारबाही’ गर सुन्ने गृहमन्त्रीको पदमा टाँसिएर बस्नु राष्ट्रप्रति अपमान हो,’ गुरूङले लेखेका छन्, ‘सहिदको रगत सम्झनुहोस्। नेपाल र नेपालीको आशा र आँसु सम्झनुहोस्। काम गर्न नसके पद छोड्ने गर्नुभएको वाचा सम्झनुहोस्।’

गुरूङले गृहमन्त्री अर्यालले सरकार गठनको दुई महिना हुन लाग्दा सम्त कुनै ‘हत्यारा’ भ्रष्टाचारीलाई कारवाही गर्न नसकेको आरोप लगाउँदै आलोचना गरेका छन्।

गुरूङले भ्रामक समाचार मार्फत् आफ्नो अपमान र चरित्र हत्या भएको र त्यसलाई आफू सहेर बसेको उल्लेख गरेका छन्।

‘देशको हितको लागि लड्दा मैले भ्रामक समाचारद्वारा यत्रो अपमान देखि चरित्र हत्या समेत सहेर बसेँ,’ गुरूङले भने, ‘कुनै स्पष्टीकरण पनि दिन उचित ठानिनँ। किनभने मैले सोचेको थिएँ कामले देखाउँछ र कामले बोल्छ अनि नेपाली जनताले बुझ्नेछन्, एकदिन,र अझै पनि देश बन्छ भने, करोडौँ अट्याकहरू सहन तयार छु तर अब तपाईंबाट आशा मरिसकेको छ।’

उनले आफू परिणाम देखाउनका लागि लडेको उल्लेख गरेका छन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button