
पर्सा । रामनिवास कुमार पटेल । पर्सागढी मेयर प्रिमियर लिग (PMPL) सिजन-२ को उद्घाटन समारोह नयाँ तालिका अनुसार आगामी मिति २०८३ कात्तिक १८ गते बुधबारका दिन भव्य रूपमा सञ्चालन हुने भएको छ।

आयोजक समितिले परिमार्जित र पूर्ण नयाँ खेल तालिका सार्वजनिक गर्दै निर्धारित मिति अनुसार प्रतियोगिता सुरु हुने जानकारी दिएको छ। स्थानीय स्तरमा खेलकुदको प्रवर्द्धन र प्रतिभावान खेलाडीहरूको पहिचानका लागि आयोजना गरिएको यस नकआउट/लिग प्रतियोगितामा पर्सागढीका उत्कृष्ट टोलीहरू बीच प्रतिस्पर्धा हुनेछ।
उद्घाटन समारोहमा स्थानीय जनप्रतिनिधि, खेलप्रेमी तथा विभिन्न संघ-संस्थाका प्रतिनिधिहरूको उपस्थिति रहने आयोजकले जनाएको छ। खेललाई अनुशासित, मर्यादित र भव्य रूपमा सम्पन्न गराउन आवश्यक सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको आयोजक कमिटीका सदस्य सरोज सिंहले जानकारी दिएका छन ।



