
बीरगञ्ज ।
पुर्व राष्ट्रपति विद्यादेवी भण्डारीले महिलाहरूलाई आत्मविश्वासी बनेर समाजलाई सकारात्मक ढंगले चुनौती दिँदै परिवर्तनको नेतृत्व लिन आह्वान गरेकी छन् ।
शनिबार वीरगञ्ज उद्योग वाणिज्य संघद्वारा आयोजित ‘बृहत महिला सम्मेलन–२०८२’ को उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले महिलाको उद्यमशीलता देशको आर्थिक समृद्धिसँग गाँसिएको बताइन् ।
भण्डारीले अझै कायम रहेका लैंगिक असमानता, पूर्वाग्रह र अवरोधलाई तोड्न महिलाहरूले आत्मबल र नेतृत्वदायी भूमिका लिनुपर्ने आवश्यकता औंल्याइन् । परिवर्तन आफैंबाट सुरु हुने भन्दै उनले महिलालाई शिक्षा, स्वास्थ्य, उद्यम तथा सामाजिक क्षेत्रमा सक्रिय भूमिका निर्वाह गर्न आग्रह गरिन् ।
कार्यक्रममा वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष हरि गौतमले महिलाले अझै पनि कठिनाइ र विभेद भोगिरहेको उल्लेख गर्दै यो सम्मेलनले उनीहरूको आवाज बुलन्द गर्ने विश्वास व्यक्त गरे ।
संघको महिला उद्यमशीलता विकास समितिकी सभापति डा। लक्ष्मी गुप्ताको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विभिन्न क्षेत्रमा योगदान पुर्याएका २५ जना महिलालाई पूर्व राष्ट्रपति भण्डारीले दोसल्ला र सम्मानपत्रद्वारा सम्मान गरिन् ।आयोजकले सम्मेलनले महिला नेतृत्व, उद्यमशीलता र समान अवसरप्रतिको प्रतिबद्धता पुनः पुष्टि गर्दै भविष्यका नीतिनिर्माणमा सशक्त सन्देश जाने विश्वास व्यक्त गरेको छ ।




Thank you for your sharing. I am worried that I lack creative ideas. It is your article that makes me full of hope. Thank you. But, I have a question, can you help me? https://accounts.binance.bh/register/person?ref=IXBIAFVY