सीमानाकामा सुरक्षाकर्मीले दुःख दिएको भन्दै सिम्रौनगढमा किसानहरुको प्रदर्शन

वीरगन्ज,२ साउन ।
बाराको सिम्रौनगढमा शुक्रबार किसानहरुले सडकै टायर बालेर सुरक्षाकर्मीहरुको विरोधमा प्रदर्शन गरेका छन् ।सीमा नाकामा खटिएका नेपाल प्रहरी र सशस्त्र प्रहरीले चेकजाँचका बहानामा अनावश्यक दुःख दिएको भन्दै किसानहरुले सिम्रौनगढको कोल्ड स्टोर नजिक र गण्डक नहरको सडकमा टायर बालेर प्रदर्शन गर्नुका साथै सडडक जाम पनि गरेका छन् ।
धान खेतीको सिजनका बेला नेपाली बजारमा रासायनिक मल नपाएपछि सिमावर्ती भारतीय बजारबाट एक दुई बोरा मल लिएर आँउदा सीमानाकामा खटिएका सुरक्षाकर्मीहरुले खोस्ने र दुव्र्यवहार गर्ने गरेको भन्दै किसानहरु सडक प्रदर्शनमा उत्रिएका हुन् । सरकारले धान खेतीको सिजनमा चाहिने मल नदिनु र त्यही मल भारतीय बजारबाट ल्याउँदा नियन्त्रणमा लिनु कार्यले सिम्रौनगढका किसानलाई समस्या परेकाले विरोध गर्नु परेको प्रदर्शनमा सहभागी स्थानीय रमेश प्रसादले बताए।
सिम्रौनगढमा रहेको छोटी भन्सार कार्यालय लामो समयदेखि बन्द रहेको र भारतीय बजारबाट ल्याउने मललाई भन्सार छली गरेर ल्याएको भन्दै सुरक्षाकर्मीहरूले नियन्त्रणमा लिएर दुःख दिने काम गरेको भन्दै प्रदर्शनमा उत्रनु परेको उद्योग वाणिज्य संघ सिम्रौनगढका अध्यक्ष लाल बाबु कुशवाहाले बताए।




Can you be more specific about the content of your article? After reading it, I still have some doubts. Hope you can help me.