सिटिजन्स बन्यो एनसीएचएलको ईएफटी सदस्यअन्तर्गत नेपालपे कार्ड जारी गर्ने पहिलो बैंक

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र नेपाल क्लियरिङ हाउस (एनसीएचएल) बीच एनपीएस (नेशनल कार्ड स्वीच)अन्तर्गत डोमेस्टिक कार्ड स्कीम, ईएफटी स्वीचमार्फत नेपालपे कार्ड सञ्चालनका लागि मंगलबार सम्झौता भएको छ ।
सम्झौता पत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेल र एनसीएचएलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नीलेशमान सिंह प्रधानले हस्ताक्षर गरेका छन् ।
यस सम्झौताअन्तर्गत सिटिजन्स बैंक इन्टरनेशनल, एनसीएचएलको ईफटी (इलेक्ट्रोनिक फन्ड ट्रान्सफर) मेम्मरभित्र नेपालपे कार्ड जारी गर्ने पहिलो बैंक भएको छ । यस पश्चात सिटिजन्स बैंकको एटिएम तथा पस टर्मिनलहरुमा नेपालपे कार्ड साथै डिस्कभर, डिनर, पल्सजस्ता इन्टरनेशनल कार्डहरु पनि स्वीकार्य हुनेछन् । यससँगै बैंकका ग्राहकहरुले छिट्टै नै एनसीएचएलद्धारा जारी गरिने नेपालको आफ्नै कार्ड स्कीम नेपालपे कार्ड पनि प्राप्त गर्न सक्नेछन् ।



