राजनीतिसमाचार

सूर्य थापालाई मतदाताको गर्विलो स्वागत

Ad 1
Ad 2
Ad 3
Ad 4

प्यूठान । फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनको मिति नजिकिँदै गर्दा उम्मेदवारहरु मतदाता भेटघाटमा व्यस्त छन् ।

निर्वाचन प्रचारमा रहेका दुई प्रमुख प्रतिष्पर्धी दल नेकपा (एमाले)का उम्मेदवार सूर्य थापा र नेपाली कांग्रेसका उम्मेदवार प्रा.डा. गोविन्दराज पोखरेलको नाँचले सामाजिक सञ्जाल तात्यो ।

स्वर्गद्वारी नगरपालिका–४ बाँझिपुरमा एमालेको प्रचार कार्यक्रम चलिरहेका बेला कांग्रेस उम्मेदवार पोखरेल त्यही पुगे । एमालेको चुनावी गीतमा दुवै उम्मेदवार संयुक्त नाँचे । दुवैले आ–आफ्नो पक्षमा मत मागे । चुनावी प्रचारलाई आक्रामक बनाउने दलहरुले यसरी सौभाद्रपूर्ण वातावरणमा चुनावी प्रचार गरेको शैलीलाई सकारात्मक रुपमा लिँदै सामाजिक सञ्जाल फेसवुकमा चर्चा चलेको हो ।

सामान्यता एमाले उम्मेदवार सूर्य थापाको स्वभावलाई राजनीतिक बृत्तमा ‘खरो वक्ता’को लिइन्छ । थापाको विषयमा समाजिक सञ्जालमा नकारात्मक टिप्पणीहरु धेरै हुने गर्दछ । उनको स्वभावलाई लिएर मात्र होइन, प्रतिष्पर्धी प्रति कडा रुपमा प्रस्तुत हुने उहाँको शैली, सहकारी छानविन, पार्टी अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीसँग जोडेर सामाजिक सञ्जालमा नकात्मक टिप्पणी हुने गरेको हो ।

२०७९ मा भएको प्रतिनिधि सभा निर्वाचनमा पाँच दलीय गठबन्धनका विरुद्धमा एक्लै चुनावमा होमिएका एमाले नेता थापाको भाषण शैली ‘कटु’ प्रकारको थियो । यसपटक भने उनी कहिले प्रतिष्पर्धीसँगको भेट त कहिले जेष्ठ नागरिकहरुसँगको वार्तालाप गर्दै नरम रुपमा प्रस्तुत हुने गरेका छन् ।

मतदाता भेटघाटका लागि दोश्रो चरणको कार्यक्रम लिएर वस्ती स्तरमा पुगेको थापालाई स्थानीयले फूलमालाले स्वागत गर्ने गरेका छन् । आफ्ना समस्याहरु, विकासका सवालहरु राख्दै स्थानीयले फूललमालाले स्वागत गरे । मंगलबार स्वर्गद्वारी नगरपालिका–१ कोचिवाङमा स्थानीयले गलाभरी माला लगाईदिएर स्वागत गरेका हुन् । मतदाताले स्वतस्फूर्त: रुपमा स्वागत गर्ने गरेको नेकपा (एमाले) प्यूठानका अध्यक्ष विजयविराज विष्टले बताए । ‘पार्टीको योजना अनुसार नै भएको हो की ?’ भन्ने प्रश्नमा उनले भने, ‘तडकभडक स्वागतको पक्षमा हामी छैनौं, जनताले गरेको स्वागतलाई स्वीकार गर्नैपर्यो ।’

आफूप्रति हुने आलोचनाबारे उम्मेदवार थापा भने सचेत देखिन्छन् । उनीप्रति लाग्ने दूई आरोप बारे यसरी स्पष्ट पार्दै आएका छन् । सहकारी छानविन बारे : सहकारी बचत रकम अपचलन सम्बन्धी संसदीय छानविन समितिको सभापति भई तोकिएको समयावधिमा प्रतिवेदन पेश गरेको विषयबारे उनको टिप्पणी हुने गरेको छ ।

समितिले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई ‘राजनीतिक पूर्वाग्रह’ साँधेर दोष दिएको समाजिक सञ्जालमा टिप्पणी हुने गरेको हो । तर थापाले भने तथ्य र प्रमाणका आधारमा प्रतिवेदन तयार गरिएको र व्यक्ति प्रति भन्दा प्रबृत्तिको विरोध आफुले गर्ने गरेको स्पष्टीकरण दिँदै आएका छन् ।

पार्टी नेतृत्वको रक्षाबारे पार्टी नेतृत्वको रक्षाका लागि स्पष्ट र खरो रुपमा अभिव्यक्ति दिएकै कारण यसैसँग जोडेर उनलाई सामाजिक सञ्जालमा गालि गर्नेहरुको जमात पनि ठूलै छ । पार्टी र नेतृत्वप्रति आक्रमण भएका बेला यसको रक्षा गर्नु पार्टी हरेक सदस्यको कर्तव्य हुने उनको स्पष्ट बुझाई छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button