
काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीका उम्मेदवारलाई मतदातासमक्ष पार्टीका कामको स्पष्ट विवरण प्रस्तुत गर्न सुझाव दिएका छन् ।
सामाजिक सञ्जालमार्फत अध्यक्ष ओलीले मतदाताका प्रश्न धैर्यपूर्वक सुन्न र तथ्यका आधारमा मत माग्न आग्रह गरेका हुन्। उनले परिपक्व लोकतन्त्रमा भावनात्मक उक्साहटभन्दा कामको हिसाब र स्पष्ट धारणा महत्त्वपूर्ण हुने बताएका छन्।
एमाले प्रश्नहरूको अग्निपरीक्षाबाट खारिएर बनेको राजनीतिक विरासत भएको स्पष्ट पार्दै उनले परिपक्व लोकतन्त्रमा भोट भावना भड्काएर होइन, तथ्य प्रस्तुत गरेर माग्नुपर्ने धारणा राखे ।
बहकाउमा होइन, कामको हिसाब सुनाएर मत माग्नु पर्ने उनको सुझाव छ । मतदातालाई भ्रमको डिजिटल ‘इको च्याम्बर’ भित्र कैद गरेर होइन उम्मेदवारसँग आँखा जुधाएर, प्रश्न गर्ने अवसर दिएर र उत्तर सुनाएर, सत्य छुट्याएर मतदान गर्ने अवसर दिनुपर्ने उनले उल्लेख गरेका छन् । अ
ध्यक्ष ओलीले चुपचाप होइन, सोचविचार गरेर छाप हान्नुपर्ने बताए ।



