खेलकुदमधेस प्रदेशसमाचारस्थानीय

दोस्रो पर्सागढी मेयर प्रीमियर लिगको तेस्रो दिन:नाशा इलेबेनलाई १० रनले हराउँदै रोयल चायलेन्जर्स बागेश्वरी विजय

पर्सा । रामनिवास कुमार पटेल । पर्सागढी नगरपालिका वडा नम्बर ६ टोल तित्रौनाको झुलङ्गे पुल नजिक खेल मैदानमा पर्सागढी ल्यान्स कलबद्वारा आयोजित दोस्रो पर्सागढी मेयर प्रीमियर लिगको तेस्रो दिनको पाचौं खेलमा नाशा इलेबेनलाई १० रनले हराउँदै रोयल चायलेन्जर्स बागेश्वरीले जितेको छ ।
20261106 162825
दोस्रो पर्सागढी मेयर प्रीमियर लिग तेस्रो दिनको पाचौं खेलको पहिलो इनिङमा रोयल चायलेन्जर्स बागेश्वरीले १६ ओभरमा ८ विकेट गुमाएर १७५ रन जोडेको थियो । रोयल चायलेन्जर्स बागेश्वरीका खेलाडी रबि यादवले २० बलमा सर्वाधिक २९ रन, सरोज साह कलवारले १७ बलमा ३७ रन आदितिय ठाकुर ११ बलमा २६ रन,जलेन्द्र पटेल १० बलमा २५ रन र गुलाम हुसेनले १८ बलमा २८ रन जोडेका थिए ।

खेलको दोस्रो इनिङमा नाशा इलेबेनले १७६ रनको लक्ष्यलाई पछत्याउँदैं १५ ओभर ४ बलमा १० विकेट गुमाउँदै १६५ रनमै समेतियो । जस कारण रोयल चायलेन्जर्स बागेश्वरी १० रनले जितेको छ । नाशा इलेबेनका खेलाडी निपु पटेलले १० बलमा सर्वाधिक ३० रन जोडेका थिए भने बब्लु गुप्ताले ३० बलमा ४६ रन जोडेका थिए । यस खेलको म्यान अफ द म्याचको पुरस्कार ३ ओभरमा २४ रन दिएर ४ वेकेट लिइ र १८ बलमा २८ रन बनाइ रोयल चायलेन्जर्स बागेश्वरीका खेलाडी गुलाम हुसेनले पाएका थिए । यस खेलका कमेन्टरी आर जे समीर अजाद भने इम्पाइरिंग सलामले गरेका थिए ।
20261106 163332

Related Articles

Back to top button