अर्थ वाणिज्य

श्री हिमाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १८औँ वार्षिक साधारण सभा सम्पन्न

Ad 1
Ad 2
Ad 3
Ad 4

बीरगञ्ज,२८ मंसीर । श्री हिमाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडकाे १८ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । वीरगञ्ज स्थित होटेल भिस्वामा संस्थाको १८औं वार्षिक साधारण सभा सम्पन्न भएको हो ।

कार्यक्रमका प्रमुख अतिथी संस्थाकाे जेसठ नागरिक र नेपाल मेडिकल कलेज , नेशनल मेडीकल कलेज तथा कर्पोरेट डेभलपमेनटका अधकक्ष प्रो.डा. जैनुदिन अन्सारीले संस्थाको साधारणसभाको उद्घाटन गर्दै संस्थाले विगत १८ वर्षमा जन्ताको मन जित्दै अगाडि बढेकोमा निकट भविष्यमा पनि अझ अगाडि बढ्दै जाओस् भन्ने कामना गरे । उनले यो संस्थाले समयमै आफ्नो साधारण सभा सम्पन्न गरेको हुनाले यो संस्था जन्तामा राम्रो बिजनेस गरिरहेको बताए ।

कार्यक्रमका विशिष्ट अतिथी नेशनल मेडिकल कलेजका प्रबन्ध निर्देशक शहनवाज अन्सारीले संस्थाका अध्यक्ष डा .नुसरत जहान अन्सारीको प्रशंसा गर्दै श्री हिमाल बचत तथा ऋण सहकारी संस्थाको सफल कार्यकालको शुभकामना दिए । उनले यो संस्थामा आबद्ध कर्मचारीहरुको कडा मिहिनेत र सञ्चालकको सही व्यवस्थापनले आज राम्रै नतिजा दिन सकेको बताए । साथै उनले आजको मितिसम्म यो संस्थामा कुनै पनि किसिमको नकारात्मक विषयहरू बाहिर नआएको हुनाले ढुक भएर कारोबार गर्न आम जनतालाई आग्रह गरे ।

सो अवसरमा संस्थाका कर्मचारी, लगानीकर्ता, शेयर धनी सञ्चारकर्मी लगायतहरुको उपस्थिति रहेको थियो । साथै उत्कृष्ट सेयर सदस्यलाई खादा माला लगाई मायाको चिनो सहित सम्मान गरिएको थियो । यसैगरी प्रमुख अतिथि, विशिष्ट अतिथी, अतिथि लगायतहरुलाई मायाको चिनो प्रदान गरिएको थियो ।

कार्यक्रम संस्थाका अध्यक्ष डा . नुसरत जहान अन्सारीको अध्यक्षतामा सम्पन्न भएको थियो भने स्वागत मन्तव्य संस्थाका प्रबन्धक किरण ठाकुरले गरेका थिए ।
कार्यक्रमको सञ्चालन सञ्चारकर्मी उज्वल शर्माले गरेका थिए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button