अर्थ वाणिज्य

अर्थमन्त्री वाग्लेको नीतिका कारण सेयर बजार ध्वस्त भयो : ज्ञानेन्द्र शाही

काठमाण्डौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद ज्ञानेन्‍द्र शाहीले सेयर लगानीकर्ताले रकम गुमाएको प्रति अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले गम्भीरताका साथ लिनुपर्ने बताएका छन् ।

शाहीले फागुनदेखि अहिलेसम्म करिब २.१५ खर्ब रुपैयाँ सेयर लगानीकर्ताले रकम गुमाएको बताउँदै यस्तो बताएका हुन् ।

शाहीले सेयर बजार ध्वस्त भएर रश्मी रिजाल आत्महत्या गर्न बाध्य भएको विषयमा अर्थमन्त्री स्वर्णिम वाग्लेलाई गम्भीर हुन आग्रह समेत गरे ।

‘फागुनदेखि अहिलेसम्म करिब रु. २.१५ खर्ब (करिब रु. २१५ अर्ब) सेयर लगानीकर्ताले रकम गुमाए । सेयर बजार ध्वस्त भयो रश्मी रिजाल आत्महत्या गर्न बाध्य भइन्, अर्थमन्त्रीज्यू, यो विषयलाई गम्भीरताका साथ लिनुहोस् ।’ शाहीले फेसबुकमा लेखेका छन्, ‘तपाईंको नीतिका कारण आज सेयर बजार ध्वस्त भएको छ । देशका हजारौँ लगानीकर्ता ठूलो आर्थिक संकट र तनावमा परेका छन् । कतिपय मानिसहरू अत्यन्त कठिन परिस्थितिबाट गुज्रिरहेका छन् ।’

Related Articles

Back to top button