अर्थ वाणिज्य

वीरगञ्ज नाकाबाट १० महिनामा २० अर्ब ७९ करोडको खाद्यान्न आयात

Ad 1
Ad 2
Ad 3
Ad 4

पर्सा । वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको १० महिनामा २० अर्ब ७९ करोड रुपैयाँ मूल्यको खाद्यान्न आयात भएको छ ।

गत आवको सोही अवधिको तुलनामा चालु आवमा यो नाका हुँदै हुने आयात मूल्यमा तीन अर्ब ८७ करोड रुपैयाँ अर्थात् १५ प्रतिशतले गिरावट आएको वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टले जानकारी दिए ।

गत आवको १० महिनामा यहाँबाट २४ अर्ब ६६ करोड रुपैयाँ मूल्य पर्ने १६ थरिका खाद्यान्न आयात गरिएको थियो ।

चालु आवमा १० अर्ब ९४ करोड रुपैयाँ मूल्य पर्ने धान, पाँच अर्ब ३१ करोड रुपैयाँ मूल्यको मकै आयात र दुई अर्ब ८५ करोड रुपैयाँको चामल आयात भएको छ ।

यसैगरी, ५९ करोड रुपैयाँ मूल्यको माल्ट र ३३ करोड रुपैयाँ मूल्य बराबरको फापर, कोदो र अन्य खाद्यान्न आयात भएको सूचना अधिकारी विष्टले जानकारी दिए । रासस

Related Articles

Back to top button