खेलकुदमधेस प्रदेशराजनीतिसमाचारसमाजस्थानीय

११औं अन्तर्राष्ट्रिय योग दिवस वीरगञ्जको शंकराचार्य प्रवेश द्वारमा योग कार्यक्रम आयोजना गरी संम्पन्न

Ad 1
Ad 2
Ad 3
Ad 4

बीरगंज, ०७ असार ।
११औं अन्तर्राष्ट्रिय योग दिवस बीरगंज महानगरपालिकामा रहेको प्रसिद्ध शंकराचार्य प्रवेश द्वार निर योग कार्यक्रम आयोजना गरी सम्पन भएको थियाे।

शंकराचार्य प्रवेश द्वारमा नेपाल र भारत दुवै देशका विशिष्टहरूको सहभागिता रहेको थियो र यसले दुई देशहरू बीच सद्भाव र मित्रता प्रवर्द्धन गर्दै सांस्कृतिक र धार्मिक आदानप्रदानको लागि एक आदर्श मञ्च प्रदान गरेको थियो। अन्तर्राष्ट्रिय योग दिवस २०२५ को आयोजन भारतिय वाणिज्य दूतावास द्धारा आयोजन गरिएको थियो।

यो कार्यक्रममा स्थानीय समुदाय, सरकारी एवम् गैर सरकारी कार्यालय का पदाधिकारीहरू, स्थानीय सुरक्षा निकायका प्रमुखहरु, जिल्ला प्रशासन कार्यालय पर्सा का प्रमुख जिल्ला अधिकारी लगायतको सहभागिता मा योग अभ्यास र यसका स्वास्थ्य लाभहरूलाई प्रवर्द्धन गर्ने उद्देश्यले गरिएको थियो ।
प्रमुख अतिथिमा मधेश प्रदेशका मुख्यमंत्री सतिश सिंह तथा विशिष्ट अतिथिमा मधेश प्रदेशकै खेलकुद मन्त्री प्रमोद जयसवाल रहेका थिए।

स्थानीय राजनितिकर्मीहरु, पतञ्जलि योग समितिका सदस्यहरू, पत्रकारहरु र अन्य संस्थाका प्रतिनिधिहरू लगायत विशिष्ट अतिथिहरूले कार्यक्रममा भाग लिएका थिए ।

मधेश प्रदेशका मुख्यमन्त्री सतिश सिंह ले आफ्नो सम्बोधनमा “योगलाई हाम्रो दैनिक जीवनमा समावेश गर्नु” पर्ने मा जोड दिनु भएको थियो। त्यस्तै खेलकुद मन्त्री प्रमोद जयसवाल ले मानव जिवनको लागि योगा आफ्नो दैनिक जीवनमा लागु गर्न आग्रह गरेका थिए ।

भारतका महावाणिज्यदूत देवी सहाय मीनाले २०१४ मा संयुक्त राष्ट्र संघको महासभामा प्रस्ताव पारित भएपछि अन्तर्राष्ट्रिय योग दिवसको सुरुवात भएको बताउनु भएको थियो। उहाँले योगका फाइदाहरू र यसले व्यक्तिको जीवनका विभिन्न पक्षहरूमा कसरी सकारात्मक प्रभाव पार्न सक्छ भन्ने बारे प्रकाश पार्नु भएको थियो। यस वर्षको अन्तर्राष्ट्रिय योग दिवसको मुल नारा: “एक पृथ्वी, एक स्वास्थ्यको लागि योग” मा पनि प्रकाश पार्नुभयो र समग्र कल्याण र एकतालाई प्रवर्द्धन गर्न जोड दिनुभएको थियो।

नेपाल-भारत मैत्री संघ; पतञ्जलि योग समिति, पर्सा र अन्य संघ संस्थाहरूको सक्रिय सहयोगमा आयोजित योग कार्यक्रममा लगभग ५ सय जनाको सहभागीता रहेको थियो।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button