मधेस प्रदेशराजनीतिसमाचारसमाजस्थानीय

पर्साको ठोरी गाउँपालिकाको १३ औं गाउँ सभा सम्पन्न, ५१ करोड ५४ लाखको बजेट प्रस्तुत

Ad 1
Ad 2
Ad 3
Ad 4

रामनिवास कुमार पटेल
पर्सा ,४ असार ।  
पर्साको ठोरी गाउँपालिकाको १३ औं गाउँ सभा अधिवेशन सम्पन्न भएको छ। गाउँ कार्यपालिकाको कार्यालयमा सम्पन्न उक्त अधिवेशनमा आर्थिक वर्ष २०८२/०८३ का लागि वार्षिक नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गरिएको हो।

गाउँपालिका अध्यक्ष लालबहादुर श्रेष्ठको अध्यक्षतामा सम्पन्न सभामा उपाध्यक्ष गोकुली कुमारी रेग्मी,प्रमुख प्रशासकीय अधिकृत धर्मराज बहादुर थापासहित स्थानीय जनप्रतिनिधिहरू, राजनीतिक दलका प्रतिनिधि, कर्मचारी, शिक्षक, बुद्धिजीवी र स्थानीयवासीको सहभागिता रहेको थियो भने प्रमुख अतिथि जिल्ला समन्वय समिति पर्साका प्रमुख अजय साह सोनार रहेका थिए। सभामा ५१ करोड ५४ लाख ६४ हजार ८५२ रुपैयाँ बराबरको अनुमानित बजेट प्रस्तुत गरिएको हो।

सभामा अध्यक्ष श्रेष्ठले नीति तथा कार्यक्रम तर्जुमा प्रक्रियामा सुझाव र सहयोग गर्ने आम नागरिक, स्थानीय प्रतिनिधिहरू, शिक्षक, कर्मचारी, तथा सरोकारवालाहरूलाई धन्यवाद व्यक्त गर्दै नीति कार्यान्वयनमा निरन्तर साथ–सहयोग रहने अपेक्षा व्यक्त गरेका थिए भने प्रमुख प्रशासकीय अधिकृत धर्मराज थापाले बजेटका विवरण र स्रोतबारे जानकारी गराएका थिए।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button