वीरगंज भंसार बीओपीमा तस्करीको रेट लिस्ट

वीरगंज, ५ असार ।
मुलुकको प्रमुख व्यापारिक नाका वीरगंज भन्सार क्षेत्रमा प्रहरीकै संलग्नतामा खुलेआम तस्करी भइरहेको तथ्य सार्वजनिक भएको छ। सीमा प्रहरी चौकी (बीओपी) मा कार्यरत प्रहरी नायब उपरीक्षक (डिएसपी) लोकेंद्र सुबाको प्रत्यक्ष निर्देशनमा भारतबाट कपडा, इलेक्ट्रोनिक्स, खनिज सामग्रीलगायतका सामानहरू नेपाल भित्र्याइने र नेपालबाट मादक पदार्थ भारत पठाइने गरेको स्थानीय स्रोतले जनाएका छन्।
सवारी चालक, व्यापारी र सीमाक्षेत्रका निगरानीकर्ताहरूका अनुसार, सर्वसाधारणलाई कडाइका साथ जाँच गरिए पनि तस्करहरूलाई डिएसपी सुबाको “क्लियर सिग्नल” पाउनेबित्तिकै सहजै नाका पार गराइन्छ। ट्र्याक्टर, मोटरसाइकल लगायतका साना सवारीमार्फत माल ओसारपसार हुने गर्छ।
विशेष स्रोतका अनुसार, बीओपी भित्रै बाकायदा तस्करीको ‘रेट लिस्ट’ तयार गरिएको छ, जसअनुसार समातिएका माल तोकिएको रकम बुझाएर छोड्ने प्रचलन चल्दै आएको छ। एक सुरक्षाकर्मीले नाम गोप्य राख्ने शर्तमा भने, “माथिबाट निर्देशन आउँछ, ‘यो माल नछेक्ने’ भनेर, हामी रोक्न सक्दैनौं।” पर्सा १३ नम्बर गणका एसपीले भने यसप्रति असहमति जनाउँदै तस्करी रोक्न प्रतिबद्ध रहेको प्रतिक्रिया दिएका छन्। तर डिएसपी सुबामाथि उजागर हुँदै गएको संलग्नतापछि पनि कुनै छानबिन प्रक्रिया अगाडि नबढ्नुले उच्च तहकै संरक्षण रहेको आशंका गर्न सकीन छ।
डिएसपी सुबालाई सम्पर्क गर्न खोज्दा उनको अफिस नम्बर ‘स्विच अफ’ देखिएको छ। अर्कोतर्फ, तस्करीको सौदाबाजी गरिरहेको कर्मचारीले माथिको अदेस हो भाने सार्वजनिक भएको छ, जसमा उनले बैट्री तस्करीमा ‘रेट’ कम गरिदिने आदेश दिएको स्पष्ट बनिरहेका थिए । अब घटनाले प्रहरी संगठनभित्रै गहिरिएको तस्करी सञ्जालमा ठोस छानबिन हुँछ की हुदैन त्यो छेराई कुरालाई प्रष्ट पर्नेच्छ । यो समाचार वीरगन्ज संजालबाट साभार गरिएको छ ।




Thank you for your sharing. I am worried that I lack creative ideas. It is your article that makes me full of hope. Thank you. But, I have a question, can you help me?
Can you be more specific about the content of your article? After reading it, I still have some doubts. Hope you can help me. https://accounts.binance.com/es-AR/register-person?ref=UT2YTZSU