मधेस प्रदेशसमाचार

वीरगञ्ज महानगरमा असार १५ पछि सबै भुक्तानी प्रक्रिया बन्द हुने

Ad 1
Ad 2
Ad 3
Ad 4

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्ष २०८१/०८२ को अन्त्य सन्दर्भमा आगामी असार १५ गते पछि कुनै पनि भुक्तानी नहुने जानकारी गराएको छ।

महानगरका प्रमुख प्रशासनिक अधिकृत अरविन्द लाल कर्णद्वारा हस्ताक्षरित सूचनामा आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७ को नियम ३० बमोजिम आर्थिक वर्षको अन्त्य हुन सात दिनअघि नै भुक्तानी प्रक्रिया रोक्नुपर्ने व्यवस्था उल्लेख गरिएको छ।

त्यसअनुसार असार १५ गतेदेखि भुक्तानी प्रक्रिया बन्द हुने स्पष्ट गरिएको हो। वर्तमान समयमा प्रदेश सरकार र स्थानीय तहको बजेट निर्माणको चाप, नयाँ आर्थिक वर्षको तयारी तथा लेखा परीक्षणको प्रक्रिया हुने भएकाले भुक्तानी कार्य समयमै सम्पन्न गर्नुपर्ने उल्लेख गरिएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button