मधेस प्रदेशसमाचारस्थानीयस्वास्थ्य

कलैयामा कुटपिटबाट ५० वर्षीय नन्दु राउतको मृत्यु

Ad 1
Ad 2
Ad 3
Ad 4

कलैया, बारा १ असार ।
बारा जिल्लाको कलैया उपमहानगरपालिका–१४ स्थित बघवनमा पुरानो रिसइबीको कारण भएको कुटपिटमा ५० वर्षीय नन्दु राउत कुर्मीको ज्यान गएको छ। जिल्ला प्रहरी कार्यालय बाराका अनुसार, जेठ २९ गते साँझ राउत घर नजिकै रहेको मिलमा काम गरिरहेका बेला एकाएक उनीमाथि अन्धाधुन्ध आक्रमण भएको थियो।

आक्रमणबाट गम्भीर घाइते बनेका राउत घटनास्थलमै ढलेका थिए। उनीलाई तत्कालै उपचारका लागि कलैया प्रादेशिक अस्पताल पुर्‍याइए पनि चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए। श्रीमानको निधनले पीडामा रहेकी मृतककी श्रीमतीले आँखा रसाउँदै भनिन्, “उहाँले कसैलाई केही भन्नुभएन, पुरानै रिसको कारण एक्कासि आक्रमण भयो। हामी न्याय चाहन्छौँ, हत्यारालाई कडा कारबाही होस्।”पीडित परिवारले जेठ ३० गते जिल्ला प्रहरी कार्यालय बारामा कर्तव्य ज्यानअन्तर्गत उजुरी दर्ता गरेका छन्।

प्रहरी नायब उपरीक्षक तथा प्रवक्ता विजय राज पण्डितले एक जना आरोपित पक्राउ परेको र घटनामा संलग्न अन्यको खोजी भइरहेको जानकारी दिएका छन्। पक्राउ परेका व्यक्तिको नाम भने प्रहरीले गोप्य राखेको छ। तीन दिनपछि, शनिबार मृतक नन्दु राउत कुर्मीको अन्त्येष्टि गरिएको परिवार स्रोतले जनाएको छ। प्रहरीले घटनालाई गम्भीरताका साथ लिँदै थप अनुसन्धान अघि बढाएको जनाएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button