मधेस प्रदेशसमाचारस्वास्थ्य

रौतहटमा चट्याङ लाग्दा एक वृद्धको मृत्यु

Ad 1
Ad 2
Ad 3
Ad 4

रौतहट । रौतहटको गरुडा नगरपालिका–१ जयनगरमा चट्याङ लागेर एक वृद्धको ज्यान गएको छ।

मिति २०८२ साल असार १ गते बिहान करिब ८:१५ बजेको समयमा ६५ वर्षीय सियाराम वनिया आफ्नै घरअगाडिको बाख्रा खोल्ने क्रममा अचानक चट्याङले लाग्दा गम्भीर घाइते भएका थिए।

घाइते अवस्थामा तत्कालै उपचारका लागि प्रादेशिक अस्पताल गौर लगिएकोमा उपचारकै क्रममा बिहान १०:०० बजे उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ। प्राकृतिक प्रकोपका कारण भएको यो घटनाले स्थानियमा दुःख व्यक्त गरिएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button