मधेस प्रदेशसमाचारस्वास्थ्य

वीरगन्जमा रहेको शुभलाभ फार्मालिंकको औषधि बेचबिखनमा प्रतिबन्ध

Ad 1
Ad 2
Ad 3
Ad 4

काठमाडौं,१असार ।
औषधि व्यवस्था विभागले पर्साको वीरगन्ज महानगरपालिका वडा नम्बर ४ स्थित शुभलाभ फार्मालिंकले भारतबाट आयात गरेको औषधि बेचबिखनमा प्रतिबन्ध लगाएको छ ।

बजार अनुगमनको क्रममा गुणस्तरहीन भेटिएपछि फार्मालिंकद्धारा भारतको मुम्बइमा रहेको एग्लोमेड लिमिटेडबाट आयातित ब्याच नम्बर एन १९२४०३ नम्बरको सेफिट्रक्जोन इन्जेक्शन न्यून गुणस्तरको पाइएकोले औषधि ऐन, २०३५ को दफा १४ बमोजिम उक्त औषधिको बेचबिखन रोक्का गरिएको औषधि व्यवस्था विभागले जनाएको छ ।

उक्त औषधि बजारबाट तुरुन्त फिर्ता लगी त्यसको विवरण पेश गर्न पनि विभागले निर्देशन दिएको छ । साथै, उक्त औषधीको सिफारिस, बिक्री वितरण र प्रयोग नगर्नसमेत विभागले अनुरोध गरेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button