मधेस प्रदेशराष्ट्रियसमाचारसमाज

पर्सामा राष्ट्रिय परिचयपत्र विवरण दर्ता बिहान ७ बजेदेखि हुने

Ad 1
Ad 2
Ad 3
Ad 4

पर्सा । जिल्ला प्रशासन कार्यालय, पर्साले राष्ट्रिय परिचयपत्र सम्बन्धी सेवाको प्रवाह समय परिवर्तन गरेको छ। सेवा लिने नागरिकको भीड बढ्दै गएकाले सहज र प्रभावकारी सेवा प्रवाहका लागि राष्ट्रिय परिचयपत्र विवरण दर्ता कार्य अब बिहान ७:०० बजेदेखि सुरु हुने भएको छ।

आज मंगलबार प्रकाशित सूचनाअनुसार भोलि बुधबारदेखि लागू हुने गरी सार्वजनिक बिदाबाहेक प्रत्येक दिन बिहान ७:०० बजेदेखि साँझ ५:०० बजेसम्म सेवा प्रवाह गरिनेछ।

नागरिकको सुविधालाई मध्यनजर गर्दै सेवा समय अगाडि सारिएको जनाइएको छ। राष्ट्रिय परिचयपत्र विवरण दर्ता सम्बन्धी थप जानकारीका लागि कार्यालयको आधिकारिक वेबसाइट वा सम्पर्क माध्यममार्फत जानकारी लिन सकिनेछ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button