राजनीतिसमाचार

पूर्व प्रहरी निरीक्षक कुर्मी रास्वपाको धोबिनी पालिका सभापतिमा निर्वाचित

Ad 1
Ad 2
Ad 3
Ad 4

बीरगंज । अवकाश प्राप्त प्रहरी निरीक्षक ललन प्रसाद कुर्मी राष्ट्रिय स्वतन्त्र पार्टीको धोबिनी गाउँपालिकाको सभापतिमा निर्वाचित भएका छन्।

 

आज सम्पन्न राष्ट्रिय स्वतन्त्र पार्टी धोबिनीको प्रथम पालिका भेलाले कुर्मीलाई सर्वसम्मत रूपमा सभापतिमा चयन गरेको हो। कुर्मी यसअघि पूर्व प्रहरी परिषद् पर्सा जिल्लाका अध्यक्षसमेत रहिसकेका छन्।

 

भेलाले उपसभापतिमा निरज पटेल, सचिवमा उदित नारायण पटेल, कोषाध्यक्षमा वृज लाल पटेल तथा सदस्यहरूमा प्रमोद पटेल, नुबिन राम, सन्दीप पटेल, रामनरेश पटेल, सुरसती देवी, रजरीश पटेल र प्रियंका देवी पासवानलाई चयन गरेको छ।

 

रास्वपाका क्षेत्रीय सभापति जितेन्द्र मिश्रको सभापतित्वमा सम्पन्न उक्त भेलालाई रास्वपा पर्सा जिल्ला सभापति हरी पन्तलगायतका नेताहरूले सम्बोधन गरेका थिए।

 

भेलालाई सम्बोधन गर्दै सभापति पन्तले भाद्र २३ र २४ गते युवापुस्ताले गरेको राजनीतिक हस्तक्षेप र विद्रोह पुराना राजनीतिक दलहरूविरुद्धको जनविद्रोह भएको उल्लेख गर्दै अब देश र जनताले राष्ट्रिय स्वतन्त्र पार्टीलाई मुलुक परिवर्तनको प्रमुख सम्बाहकका रूपमा हेर्न थालेको बताए। उाले  आसन्न निर्वाचनमा रास्वपाले स्पष्ट रूपमा एकल बहुमत हासिल गर्ने दाबीसमेत गरे।

 

कृष्णा पासवानले सहजीकरण गरेको उक्त भेलामा रास्वपाका केन्द्रीय सदस्य नन्दन यादव, प्रमोद रायमाझी, सबु कँडेल, दिलीप कुर्मी, सोनालाल पटेल र परितोष द्विवेदीलगायतका नेताहरूले पनि सम्बोधन गरेका थिए।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button