राष्ट्रिय

एमाले महाधिवेशनमा जनसागर, ओली भन्छन्– यो लोकतन्त्रप्रतिको विश्वास हो

Ad 1
Ad 2
Ad 3
Ad 4

काठमाडौँ । नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनको औपचारिक उद्घाटन भएको छ।

शनिबार भक्तपुरको तीनकुनेस्थित नेपाल ट्रष्टको मैदानमा आयोजित भव्य समारोहबीच पार्टी अध्यक्ष केपी शर्मा ओलीले रिमोटमार्फत पार्टीको झण्डा फहराउँदै ११ औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन गरेका हुन।

 

हजारौँ नेता–कार्यकर्ता तथा आम जनसमुदायको उत्साहजनक उपस्थितिमा सम्पन्न उद्घाटन समारोहसँगै नेकपा एमालेको ११ औँ महाधिवेशन औपचारिक रूपमा सुरु भएको छ। महाधिवेशनको बन्दसत्र भने भोलि र पर्सि काठमाडौँको भृकुटीमण्डपमा हुने छ, जहाँ नयाँ नेतृत्व चयन गरिने छ।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले धुवाँ, खरानी र निषेधका सबै प्रहारलाई चिर्दै नेकपा एमालेको पक्षमा जनलहर उर्लिएको दाबी गरे।

उनले  महाधिवेशनमा उपस्थित जनसागर, सागरको एक थोपा मात्र भएको उल्लेख गर्दै नागरिकको यो उपस्थितिले लोकतन्त्र र एमालेप्रतिको जनविश्वास झल्किएको बताए ।

 

‘लोकतन्त्र अजेय छ, नेकपा एमाले अजम्मरी छ,’ अध्यक्ष ओलीले भने।

उनले  लोकतन्त्र र जनताको हितमा समर्पित शक्तिका रूपमा नेकपा एमालेलाई निर्णायक शक्ति बनाउनु आवश्यक रहेको बताउँदै देशलाई समृद्ध र सुखी बनाउने गन्तव्यतर्फ पार्टी दृढतापूर्वक अघि बढेको स्पष्ट पारे ।

एमालेको सङ्कल्प राजनीतिक स्टन्ट नभई व्यवहारमा उतार्न गरिएको प्रतिबद्धता भएको उल्लेख गर्दै ओलीले सुशासन र विकास चाहने सम्पूर्ण शक्तिले एमालेलाई साथ दिएको र दिने दाबी गरे । कम्युनिष्ट पार्टी जति बलियो हुन्छ, त्यति नै राष्ट्रियता बलियो हुने उनको भनाइ थियो।

May be an image of one or more people, temple, crowd and text

आठ दशक लामो गौरवशाली यात्रामा नेपाली कम्युनिष्ट आन्दोलनले महत्वपूर्ण मानक स्थापित गरेको उल्लेख गर्दै ओलीले नेकपा एमाले सामाजिक न्याय, समावेशिता र जनमुखी विकासको अगुवा भएको बताए । एमालेकै कारण नागरिकको जीवनस्तर सुधारको आधार तयार भएको उनले  दाबी गरे ।

 

राष्ट्रिय राजनीतिमा सबै क्षेत्रको समावेशिता स्थापित गर्न एमालेको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै अध्यक्ष ओलीले नेपाली विशेषतासहितको समाजवाद निर्माणमा पार्टी अग्रसर रहेको बताए । एमाले गाउँमुखी, जनसहभागितामूलक विकास र ठूला विकास योजनाको अभियन्ता मात्र नभई स्वप्नद्रष्टा पार्टीसमेत भएको उनका े भनाइ थियो।

May be an image of one or more people and crowd

अध्यक्ष ओलीले ११ औँ राष्ट्रिय महाधिवेशनले पार्टीभित्र एकताको सशक्त सन्देश दिने विश्वास व्यक्त गरे । महाधिवेशनको अभियान देश जोगाउने अभियान भएको उल्लेख गर्दै उनल े यसको उपस्थितिलाई कसैले कमजोर आँक्न नहुने चेतावनी दिए ।

‘एक र एक मिलेर मात्र ११ बन्छ, छुट्टिँदा फगत एक मात्र हुन्छ,’ ओलीले भने।

एमालेले देशलाई गलत दिशामा जान नदिने र लोकतन्त्रको रक्षा गर्दै संसद् पुनःस्थापना गरेरै छाड्ने प्रतिबद्धता समेत उनले  दोहोर्याए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button