
वीरगन्ज । पर्सा प्रहरीले ठूलो परिमाणमा प्रतिबन्धित लागुऔषध ट्रामाडोल क्याप्सुलसहित चार जनालाई नियन्त्रणमा लिएको छ।
विशेष सूचनाका आधारमा वीरगन्ज महानगरपालिका–२४ अन्तर्गत प्रतिमा चोकमा गरिएको चेकजाँचका क्रममा उनीहरू समातिएका हुन्।
जिल्ला प्रहरी कार्यालय पर्साले शुक्रबार पत्रकार सम्मेलन गरी ७६ हजार १ सय ७० पिस ट्रामाडोल क्याप्सुल बरामद भएको जानकारी दिएको छ।
पर्सा प्रहरी प्रमुख एसपी सुदिपराज पाठकका अनुसार सवारी जाँचका क्रममा बागमती प्रदेश ०८–००१ ज ०११७ नम्बरको इभी गाडी रोकेर तलासी गर्दा ठूलो परिमाणको प्रतिबन्धित क्याप्सुल फेला परेको हो।
प्रहरीका अनुसार पक्राउ परेकाहरू केही समयदेखि अवैध रूपमा लागुऔषध ओसारपसारमा संलग्न रहेको सूचनाका आधारमा निगरानीमा राखिएको थियो। त्यसक्रममा गाडीमा राखिएको झोलाभित्र क्याप्सुल लुकाइराखेको अवस्थामा फेला परेको हो।
पक्राउ पर्नेहरूमा वीरगन्ज महानगरपालिका–२४का युवराज पटेल र अफजल देवान, धादिङको बेनीघाट–रोराङ–६का रामहरि मगर र सिद्लेख–७का राजकुमार मगराती रहेका छन्।




Thank you for your sharing. I am worried that I lack creative ideas. It is your article that makes me full of hope. Thank you. But, I have a question, can you help me? https://www.binance.bh/register?ref=GGYHGRE