समाचार

छुट जग्गा दर्ता मिलाइदिने नाममा १ लाख घुस लिँदालिँदै पक्राउ परेका सर्भेक्षक राउत र सहयोगी बिरुद्ध विशेष अदालतमा मुद्दा दायर

Ad 1
Ad 2
Ad 3
Ad 4

वीरगंज । अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालले नापी कार्यालय पर्साका सर्भेक्षक राम प्रमोद राउत र कार्यालय सहयोगी अरुण प्रसाद उपाध्यायविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।

भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३(१) बमोजिम भ्रष्टाचारको कसुर गरेकोमा उनीहरूविरुद्ध १ लाख रुपैयाँ बिगो कायम गरी कैद सजाय तथा बिगो बराबर जरिवाना माग दाबी सहितको आरोपपत्र अख्तियारले दायर गरेको हो।

मङ्सिर २ गते छुट जग्गा दर्ता गरिदिने भन्दै सेवाग्राहीसँग १ लाख रुपैयाँ घुस लिँदै गर्दा अख्तियारको टोलीले दुवैजनालाई वीरगन्जमै रंगेहात पक्रेको थियो।

अनुसन्धानमा सर्भेक्षक राउत र सहयोगी उपाध्यायले आपसी मिलेमतोमा वीरगन्ज महानगरपालिका–२५ को कित्ता नं. ५५, क्षेत्रफल ०.०६४ वर्गमिटर जग्गा छुट दर्ता गरिदिने नाममा घुस मागेको पुष्टि भएको अख्तियारले जनाएको छ।

अख्तियारका अनुसार पर्याप्त प्रमाण भेटिएपछि आज काठमाडौँस्थित विशेष अदालतमा उनीहरूविरुद्ध मुद्दा दर्ता गरिएको हो।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button