स्वास्थ्य

कोहिनुर बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १५औँ वार्षिक साधारण सभा सम्पन्न

Ad 1
Ad 2
Ad 3
Ad 4

बीरगञ्ज,२६ मंसीर | कोहिनुर बचत तथा ऋण सहकारी संस्था लिमिटेडकाे १५ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । वीरगञ्ज स्थित होटेल भिस्वामा संस्थाको १५औं वार्षिक साधारण सभा सम्पन्न भएको हो ।

कार्यक्रमका प्रमुख अतिथी संस्थाकी संस्थापक अध्यक्ष मोस्तकीमा खातुनले संस्थाको साधारणसभाको उद्घाटन गर्दै संस्थाले विगत १५ वर्षमा जन्ताको मन जित्दै अगाडि बढेकोमा निकट भविष्यमा पनि अझ अगाडि बढ्दै जाओस् भन्ने कामना गरे । उनले यो संस्थाले समयमै आफ्नो साधारण सभा सम्पन्न गरेको हुनाले यो संस्था जन्तामा राम्रो बिजनेस गरिरहेको बताए ।

कार्यक्रमका विशिष्ट अतिथी नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेज तथा कर्पोरेट डेभलपमेनटका अध्यक्ष प्रो. डा. जेनुद्दिन् अन्सारीले संस्थाका अध्यक्ष इसरत जहान अन्सारीको प्रशंसा गर्दै कोहिनुर बचत तथा ऋण सहकारी संस्थाको सफल कार्यकालको शुभकामना दिए । उनले यो संस्थामा आबद्ध कर्मचारीहरुको कडा मिहिनेत र सञ्चालकको सही व्यवस्थापनले आज राम्रै नतिजा दिन सकेको बताए । साथै उनले आजको मितिसम्म यो संस्थामा कुनै पनि किसिमको नकारात्मक विषयहरू बाहिर नआएको हुनाले ढुक भएर कारोबार गर्न आम जनतालाई आग्रह गरे ।

सो अवसरमा संस्थाका कर्मचारी, लगानीकर्ता, शेयर धनी सञ्चारकर्मी लगायतहरुको उपस्थिति रहेको थियो । साथै उत्कृष्ट सेयर सदस्य रिनकी चौधरी , भरत प्रसाद कोइरी,कृष्ण शाह कानु, रबिना खातुन,शेख गौसुल आजामलाइ खादा माला लगाई मायाको चिनो सहित सम्मान गरिएको थियो । यसैगरी प्रमुख अतिथि, विशिष्ट अतिथी, अतिथि लगायतहरुलाई मायाको चिनो प्रदान गरिएको थियो ।

कार्यक्रम संस्थाका अध्यक्ष इसरत जहान अन्सारीको अध्यक्षतामा सम्पन्न भएको थियो भने कार्यक्रमको सञ्चालन सञ्चारकर्मी उज्वल शर्माले गरेका थिए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button