प्याब्सन महानगर अध्यक्ष श्रीवास्तवद्वारा भाथाधाम मन्दिरलाई ४ थान पंखा सहयोग

पर्सा । माउन्ट मकालु इङ्लिस बोर्डिङ विद्यालयका प्रधानाध्यापक तथा प्याब्सन महानगर अध्यक्ष राहुल श्रीवास्तवको पहलमा पर्सा जिल्लाको पटेवा सुगौली गाउँपालिका–१ स्थित श्री श्री १०८ श्री बाबा दुधेश्वरनाथ महादेव मन्दिर (भाथाधाम)लाई ४ थान पंखा प्रदान गरिएको छ।
उक्त पंखा मेला समिति तथा पत्रकार समूहका अध्यक्ष शम्भु महतो थारू मार्फत मन्दिरलाई हस्तान्तरण गरिएको हो। श्रीवास्तवले सामाजिक तथा धार्मिक क्षेत्रमा समेत योगदान दिने उद्देश्यले विद्यालय परिवार र माँ आद्या शक्ति मन्दिर परिवार अशोक बाटिकाको सहकार्यमा यो सहयोग गरिएको बताए।
चार पंखामध्ये एक थान बैष्णुदेवी बचत तथा ऋण सहकारी संस्थाका दीपेन्द्र श्रेष्ठको सहयोग रहेको जानकारी दिँदै अध्यक्ष श्रीवास्तवले हरेक वर्ष मन्दिरलाई केही न केही सहयोग गर्दै आएको र यस वर्ष सिलिङ पंखा प्रदान गरिएको उल्लेख गरे।
श्रीवास्तवले शिक्षा क्षेत्रमा मात्र नभई धार्मिक तथा सामाजिक क्षेत्रमा पनि योगदान गर्न सबैलाई आह्वान गर्दै यस्ता कार्यले समाजमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरे।



