मधेस प्रदेशसमाचारसमाजस्थानीय

पानीसंकट खेप्न बाध्य महानगरको वडा नं १४ बौधीमाईका नागरिक भन्छन सरकार खोई ?

Ad 1
Ad 2
Ad 3
Ad 4

वीरगंज । वीरगंज महानगरपालिकाको वडा नं १४ को बौधीमाई टोलका बासिन्दाले पानी संकटका कारण निकै सास्ती खेप्नु परेको छ ।

वडा न १४ का अधिंकाश टोलमा डिप बोरिङ गरि पानी संकटको हल खोजिए पनि बौधीमाईका बासिन्दाले भने यो अवसर पाएनन । बौधी माई मन्दीर नजिकै नयाँ टोलको रुपमा बिकास भएको यो टोल वडा नं १४ मै पर्छ ।

वडा नं १४ मा दर्जन भन्द बढी बोरिङ संचालनमा ल्याएकोमा बौधीमाईका बासिन्दाले भने पानी संकटको निकास पाएनन ।

उनीहरु सररका बिहिनताको अनुधभूती गरिरहेको छन । तिर्खा मेटाउन मिनरल वाटर बिकल्पको रुपमा रहेको स्थानीय युवा अगुवा अनिल पटेलको भनाई छ ।

खाने पानीको हल खोज्ने मन्दीरका पुजारीको अगुवाईमा स्थानीयले के समेत गरेनन । खानेपानी मन्त्रीलाई भेटेर समस्या राखे , वडाध्यक्षलाई गुहार मागेनन की ? तर कही कतैबाट केही हल नपाएपछि सास्ती खेपेका नागरिक निराश समेत भएका छन ।

पानी टंयाकीले पानीको आपुर्ती त गर्न खोजिएको छ तर यो कहिले समइ मिल्दैन कहिले के मिल्दैन नागरिक अलिक दीर्घकालीन हलको खोजिमा छन तर सुनिदिने कोही नभएको उनीहरुको गुनासो छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button