मधेस प्रदेशसमाचारसमाजस्थानीय

बाराको नौतनमा युवाहरु तथा महिला दिदी बहिनीहरुसंग भेटघाट कार्यक्रम समपन्न

Ad 1
Ad 2
Ad 3
Ad 4

रामनिवास कुमार पटेल
पर्सा,२५ सावन ।
युवाहरु तथा महिला दिदी बहिनीहरुसंग भेटघाट कार्यक्रम समपन्न भएको छ । बाराको परवानीपुर गाउँपालिका वडा नम्बर ५ नौतनस्तिथ श्री छाँया बचत तथा ऋण सहकारी संस्थाको आधिकारिक भवनमा युवाहरु तथा महिला दिदी बहिनीहरुसंग भेटघाट कार्यक्रम सु-समपन्न भएको छ ।

कार्यक्रमका प्रमुख अतिथि नेपाल प्रहरीका पुर्व आइ.जी.पी. सर्वेन्द्र खनाल रहेका थिए भने श्री छाँया बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष रोशन कुमार गुप्ताको अध्यक्षतामा कार्यक्रम समपन्न भएको थियो ।

गुप्ताले युवाहरुले राखेका जिज्ञासाहरूको सहज ढंगमा समाधान गर्दै व्यवस्थापनदेखि नवीन सोचको विकाससम्मका कुरामा जोड दिए। उनले देशमै केही गर्न सकिन्न भन्ने धारणा गलत रहेको उल्लेख गर्दै त्यसलाई चिर्दै सिर्जनशील सोच र नवीन दृष्टिकोणसहित अघि बढ्न युवाहरुलाई आह्वान गरे।

यस कार्यक्राममा बिशेष अतिथि राजु साह अतिथि निरज गुप्ता, राहुल गुप्ता लगाएत विभिन्न युवाहरुको पनिउपस्थित रहेको थियो । श्री छाँया बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष गुप्ताले कार्यक्रममा सहयोग गर्ने सबैलाई आभार प्रकट गरेका थिए भने कार्यक्रमको सञ्चालन अनिल चौधरीले गरेका थिए।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button