राजनीतिसमाचार

जसपा नेपालमा डा. चौधरी प्रवेश, पर्सा–४ बाट प्रतिनिधि सभा उम्मेदवार तय

Ad 1
Ad 2
Ad 3
Ad 4

वीरगन्ज । नेपाली काङ्ग्रेस पर्साका महाधिवेशन प्रतिनिधि तथा बौद्धिक व्यक्तित्व ड. कृपा सिन्धु प्रसाद चौधरी जनता समाजवादी पार्टी नेपालमा प्रवेश गरेका छन।

ठाकुर राम बहुमुखी क्याम्पस, वीरगन्जका पूर्व क्याम्पस प्रमुख, राष्ट्रिय योजना आयोगका पूर्व सदस्य तथा सह–प्राध्यापक समेत रहेका डा. चौधरीले आज जसपा नेपालको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा पार्टीको केन्द्रीय अध्यक्ष माननीय उपेन्द्र यादवसमक्ष पार्टी सदस्यता ग्रहण गरेका हुन।

उक्त अवसरमा अध्यक्ष यादवले ड. चौधरीलाई खादा, माला तथा अबिर लगाई पार्टीमा स्वागत गरेका थिए।

कार्यक्रममा बोल्दै अध्यक्ष यादवले डा. चौधरी जस्ता अनुभवी, बौद्धिक र योजनागत सोच भएका व्यक्तिको प्रवेशले पार्टीलाई थप सशक्त बनाउने विश्वास व्यक्त गरे।

साथै, आउँदो प्रतिनिधि सभा निर्वाचनमा जसपा नेपालबाट पर्सा क्षेत्र नं. ४ का लागि प्रतिनिधि सभा सदस्यको उम्मेदवारका रूपमा डा. चौधरीलाई तय गरिएको पार्टी स्रोतले जनाएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button