मधेस प्रदेशराजनीतिसमाचार

नगवाका युवाहरु जनमत पार्टीमा प्रवेश

Ad 1
Ad 2
Ad 3
Ad 4

आषाढ,५ गते, वीरगञ्ज

वीरगन्ज महानगरपालिका वडा नम्बर १६ (नगवा) का सक्रिय सामाजिक युवा तथा नगवा युवा समाजका पूर्व अध्यक्ष किरण चौरसिया र अनिल यादव जनमत पार्टीमा औपचारिक रूपमा प्रवेश गरेका छन्।
जनमत पार्टीका नेता तथा मधेस प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले एक कार्यक्रमका बीच दुवै युवालाई पार्टी सदस्यता प्रदान गर्दै पार्टीमा स्वागत गरेका हुन्। जनमत पार्टीको सशक्त नेतृत्व र मुख्यमन्त्री सिंहको कार्यशैलीबाट प्रभावित भएर पार्टीमा प्रवेश गरेको नवप्रवेशी युवाहरूले बताएका छन्।
नगवा क्षेत्रलाई मधेस आन्दोलनको गढ मानिने सन्दर्भमा यी युवाहरूको प्रवेशले जनमत पार्टी थप सुदृढ हुने जिल्ला अध्यक्ष ओमप्रकाश सर्राफले बताएका छन्। अध्यक्ष सर्राफका अनुसार निकट भविष्यमा नगवामा एक बृहत् पार्टी प्रवेश कार्यक्रमको आयोजना गर्ने योजना रहेको छ।
पार्टी प्रवेश कार्यक्रममा जिल्ला अध्यक्ष ओमप्रकाश सर्राफसँगै वीरगन्ज महानगर अध्यक्ष महादेव शर्माको पनि उपस्थिति रहेको थियो।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button