मधेस प्रदेशसमाचारसमाजस्थानीय

यातायात कार्यालय वीरगन्जका अधिकृत गौतमविरुद्ध मुद्दा दायर,साढे २ करोड भ्रष्टचार गरेको आरोप

Ad 1
Ad 2
Ad 3
Ad 4

काठमाडौं,३ असार ।

स्रोत नखुलेको गैरकानुनी सम्पत्ति आर्जनको आरोपमा यातायात व्यवस्था कार्यालय वीरगन्जका अधिकृत कमलराज गौतमविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलबार विशेष अदालतमा मुद्दा दायर गरेको छ । दुई करोड ५२ लाख रुपैयाँ गैरकानुनी सम्पत्ति आर्जनको आरोपमा अख्तियारले उनीविरुद्ध मुद्दा दायर गरेको हो । यातायात व्यवस्था कार्यालय वीरगन्जका अधिकृत (आठौँ तह) गौतमले पदमा रहँदा मर्यादाविपरीत कार्य गरेर गैरकानुनी सम्पत्ति आर्जन गरेको अख्तियारको आरोप छ । गौतम सार्वजनिक पद धारण गरेको मिति ७ वैशाख २०५५ देखि २४ चैत २०७९ सम्मको आम्दानी र खर्चको विश्लेषण अख्तियारले गरेको छ ।

पारिश्रमिक बचत रकम, बैठक भत्ता तथा पर्यटन काजको बचत रकम, श्रीमती सरला नेपालको पारिश्रमिक बचत र भ्रमण भत्ता बचत रकम, घररजग्गा बिक्री आय, सञ्चय कोष, बैंकहरू तथा जनक शिक्षा सामग्रीबाट ऋण–सापटी लिएको रकम, सेयर बिक्रीबाट प्राप्त रकम, सवारीसाधन बिक्री आय, बिमा परिपक्व÷समर्पण आय, कृषि आय, घर भाडा आय र बैंक ब्याज आय गरी जाँच अवधिमा गौतमको दुई करोड ८९ लाख २० हजार २६८ रुपैयाँ आयआर्जनको स्रोत खुलेको छ । जाँच अवधिमा नै एकासगोल घर परिवारको नाममा घर निर्माण, घर–जग्गा खरिद, घररजग्गा रेजिस्ट्रेसन शुल्क, सवारीसाधन खरिद, बिमा प्रिमियम भुक्तानी, अध्ययन खर्च, सञ्चय कोष–बैंक–जनक शिक्षा सामग्रीमा ऋण तिरेको रकम, सेयर खरिद रकम, बैंकमार्फत खर्च लगानी, सुन खरिद र बैँक मौज्दात गरी गौतमको कुल खर्च तथा लगानी भने पाँच करोड ४० लाख ९८ हजार ९५५ रुपैयाँ देखिएको छ ।

समग्र आयबाट खर्च तथा लगानी घटाउँदा आउने दुई करोड ५१ लाख लाख ७८ हजार ६८७ रुपैयाँको गौतमले स्रोत पुष्टि गर्न नसकेको अख्तियारको आरोपपत्रमा उल्लेख छ । गैरकानूनी सम्पत्ति आर्जन गरेको पुष्टि भएको रकमलाई नै बिगो कायम गरेर अख्तियारले गौतमविरुद्ध मुद्दा दायर गरेको हो । त्यस्तै, राष्ट्रसेवक पदमा बहाली भएपश्चात् वार्षिक रूपमा पेस गरेको सम्पत्ति विवरणमा वास्तविक सम्पत्तिको विवरण उल्लेख नगरी सम्पत्ति लुकाइछिपाई झुटा विवरण पेस गरेको आरोपमा थप सजायको मागदाबी पनि अख्तियारले गौतमउपर गरेको छ । सार्वजनिक सेवामा रहँदा गैरकानुनी रूपमा आर्जन गरेको स्रोत नखुल्ने सम्पत्ति पत्नी सरला नेपालका नाममा राखेको भेटिएपछि बिगो जफत प्रयोजनका लागि उनलाई पनि अख्तियारले प्रतिवादी बनाएको छ ।साभार : नयाँपत्रिका

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button