काठमाडौं । प्रतिनिधिसभा बैठकमा अशान्ति मच्चाए वा ध्वंशात्मक गतिविधि गरे सांसदलाई कारबाही हुने भएको छ ।
प्रतिनिधिसभा नियमावली मस्यौदा समितिले तयार पारेको नयाँ मस्यौदामा संसद्को मर्यादा, अनुशासन र सुव्यवस्था कायम राख्न सभामुखलाई विशेष अधिकार दिने प्रावधान उल्लेख गरिएको हो ।
सांसदले बैठक कक्षमा अशान्ति सिर्जना गरेमा, ध्वंसात्मक गतिविधि गरेमा वा भौतिक क्षति पुर्याएमा सभामुखले तत्काल मर्यादापालकमार्फत त्यस्ता सदस्यलाई बैठक कक्षबाट निष्कासन गर्न सक्नेछन्।
साथै, दोषी सदस्यलाई बढीमा १५ दिनसम्म निलम्बन गर्न र भएको क्षतिको क्षतिपूर्ति भराउन आदेश दिन सक्ने प्रावधान राखिएको हो।
