राजनीतिसमाचार

नेकपा एमालेकी उम्मेदवार रिमा यादवले पर्सा क्षेत्र नं २ काे वीरगंज महानगरपालिका–२५ मा घरदैलो सम्पन्न

Ad 1
Ad 2
Ad 3
Ad 4

वीरगन्ज,९ फागुन ।  पर्सा निर्वाचन क्षेत्र नम्बर–२ अन्तर्गत वीरगंज महानगरपालिका–२५ मा  नेकपा एमालेकी उम्मेद्वार रिमा यादवको शनिबार बिहान घरदैलो कार्यक्रम सम्पन्न भएकाे छ । श्रीसिया, खालवा टोला श्रीसिया तथा मौसे श्रीसिया टोलमा पुगेकी उम्मेदवार यादवलाई स्थानीय बासिन्दाले फूलमाला लगाएर स्वागत गरेका थिए।

 

घरदैलोका क्रममा उनले स्थानीयका समस्या सुन्दै समाधानका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गरिन्। विशेष गरी सिमावर्ती क्षेत्रका नागरिकले भोग्दै आएका सुरक्षा, स्वास्थ्य, शिक्षा, रोजगारी, सडक तथा खानेपानीसम्बन्धी समस्यालाई प्राथमिकतामा राखेर संसदमा सशक्त आवाज उठाउने उनको भनाइ थियो।

 

“सीमावर्ती गाउँका जनता अझै पनि आधारभूत सेवा र अवसरबाट वञ्चित छन्, म उनीहरूको हकअधिकारका लागि दृढ रूपमा उभिनेछु,” उनले भनिन्।

 

यादवले विगतमा निर्वाचित नेताहरूले जनअपेक्षा अनुसार काम गर्न नसकेको उल्लेख गर्दै नयाँ पुस्ताका युवाहरू राजनीतिमा आएको बताइन्। अब भाषणभन्दा काम गर्ने नेतृत्व आवश्यक रहेको उनको जोड थियो।

 

घरदैलो कार्यक्रममा एमालेका केन्द्रीय सदस्य विजय सरावगी, उपाध्यक्ष एवं समानुपातिक उम्मेदवार बिचारी यादव, , युवा नेता मुकेश द्विवेदी, अजय साहलगायत स्थानीय नेता तथा कार्यकर्ताको सक्रिय सहभागिता रहेको थियो।

 

स्थानीय बासिन्दाले सिमावर्ती क्षेत्रमा चोरी–तस्करी नियन्त्रण, रोजगारी सिर्जना, गुणस्तरीय शिक्षा तथा स्वास्थ्य सेवा विस्तार, सडक स्तरोन्नति र कृषि बजार व्यवस्थापनको माग गरेका थिए। उम्मेदवार यादवले ती सबै मागलाई आफ्नो घोषणापत्रमा समेटेर कार्यान्वयनमा ल्याउने प्रतिबद्धता जनाइन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button