राजनीतिसमाचार

राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय सदस्य मोहमद मेराज पर्सा क्षेत्र नं. २ मा एमालेकी उम्मेदवार रीमा यादवलाई विजयी गराउन सक्रिय

Ad 1
Ad 2
Ad 3
Ad 4

पर्सा,९ फागुन । राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय सदस्य मोहमद मेराज पर्सा निर्वाचन क्षेत्र नं. २ मा नेकपा (एमाले)की उम्मेदवार रीमा यादवलाई विजयी गराउन सक्रिय रूपमा चुनावी अभियानमा जुटेका छन्।

घरदैलो, टोलसभा र युवासँगको अन्तरक्रियामा व्यस्त मेराजले पर्सा–२ मा विकास, सुशासन र युवामैत्री नीति कार्यान्वयनका लागि रीमा यादव सक्षम र दृढ उम्मेदवार भएको बताएका छन्। उनले युवाहरूलाई सकारात्मक परिवर्तनका लागि संगठित हुन आह्वान गर्दै भने, “रीमा यादव नेतृत्व, इमानदारी र जनतासँगको नजिकको सम्बन्धका कारण यस क्षेत्रको भरोसायोग्य विकल्प हुनुहुन्छ। उहाँको जित पर्सा–२ को समग्र विकास र युवाको भविष्यसँग जोडिएको विषय हो।”

मेराजका अनुसार, एमालेको संगठनात्मक शक्ति र जनआधारले पर्सा–२ मा उत्साहजनक माहोल सिर्जना गरेको छ। उनले चुनावलाई केवल प्रतिस्पर्धा नभई नीतिगत बहस र विकासको दिशामा जनमत संकलनको अवसरका रूपमा लिनुपर्ने धारणा व्यक्त गरे।

उनले थपे, “हामी सकारात्मक एजेन्डा, स्पष्ट योजना र जनताप्रतिको उत्तरदायित्वका आधारमा मत मागिरहेका छौं। पर्सा–२ का मतदाताले विकास, स्थायित्व र सुशासनका पक्षमा निर्णय गर्नुहुनेमा हामी विश्वस्त छौं।”

युवा संघका कार्यकर्ता तथा एमाले समर्थकहरू अहिले गाउँ–टोलमा सक्रिय रूपमा परिचालित भएका छन्। चुनाव नजिकिँदै जाँदा पर्सा–२ मा राजनीतिक सरगर्मी बढेको देखिएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button