समाचार

गौरमा अनिश्चितकालीन कर्फ्यू आदेश जारी

Ad 1
Ad 2
Ad 3
Ad 4

गौर । जिल्ला प्रशासन कार्यालय रौतहटले गौरमा कर्फ्यू आदेश जारी गरेको छ ।

 

गौरमा दुई समुदायबीच पुनः विवाद चर्किएर झडपको स्थिति बनेपछि प्रशासनले अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरेको हो ।

 

पूर्वमा मुडबलवा गेट, लालबकैया बाँध, बम नहर र गौर भन्सार कार्यालयको क्षेत्रमा दिउँसो १ बजेदेखि लागू हुनेगरी अनिश्चितकालीन कर्फ्यू जारी भएको हो ।बिहीबार राति भएको सामान्य विवादले उग्ररूप लिँदै शनिबार पनि विभिन्न स्थानमा आगजनी र तोडफोड भएको छ ।

 

जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार शनिबार मात्रै दुई वटा स्कारपियो गाडीमा आगजनी गरिएको छ ।

 

गौर नगरपालिका–४ स्वर्णामाईमा भारतीय नम्बर प्लेट भएको एक स्कारपियो जलाइएको छ भने राजगढ नगरपालिका–९ बैरियामा अर्को स्कारपियोमा आगजनी गरिएको प्रहरीले जनाएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button