राजनीति

पर्सा २ को पर्सागढी ९ मा यादवकाे घरदैलो, उर्लियो जनलहर

बुधबार, माघ २१ । नेकपा एमाले पर्सा क्षेत्र नम्बर २ का उम्मेदवार रिमा यादवको लोकप्रियता तीव्र गतिमा बढेको छ। पार्टीले नयाँ, युवा र जेनजी उमेर समूहका उम्मेदवार अघि सार्दा यादवको पक्षमा उत्साह र समर्थन बढेको छ ।

बुधबार पर्सागढी नगरपालिका वडा नम्बर ९ को एकटांगाको घरदैलो कार्यक्रमका क्रममा मतदातासँग प्रत्यक्ष संवाद गर्दै यादवले आगामी निर्वाचनमा सूर्य छापमा मतदान गर्न आग्रह गर्नुभयो। स्थानियहरूले एमालेले जेनजी आन्दोलनको मर्मअनुसार शिक्षित र योग्य उम्मेदवार अघि सारेकोमा प्रशंसा गरेका थिए। केही मतदाताहरूले अब पुराना नेताहरूलाई भोट नदिने र नयाँ, जेनजी उमेर समूहका शिक्षित उम्मेदवार रिमा यादवलाई तन, मन र धनले सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका छन्।

उम्मेदवार यादवले स्थानीय पूर्वाधार, रोजगारी सिर्जना, स्वास्थ्य, शिक्षा र समाजकल्याणका योजनाहरूको चर्चा गर्दै यस क्षेत्रमा अझै धेरै विकासका काम बाँकी रहेको र ती काम पूरा गर्न आफू निर्वाचनमा होमिएको बताए।

कार्यक्रममा पर्सागढीका मेयर गोकर्ण पाठक, नेतृ सिता लामा तथा सयौं नेता र कार्यकर्ताहरूको उपस्थिती रहेको थियो। यादवले घरदैलो अभियानलाई निरन्तरता दिँदै आगामी दिनहरूमा पनि वडा–वडा, घर–घर पुगेर मतदातासँग प्रत्यक्ष संवाद गर्ने योजना रहेको जानकारी गराउनुभयो।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button