समाचार

पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईलाई पितृशोक

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई पितृशोक परेको छ ।

भट्टराईका पिता भोजप्रसाद भट्टराईको ९७ वर्षमा आज बिहान न्युरो हस्पिटल बाँसबारीमा निधन भएको हो ।

भट्टराईका स्वकीय सचिव रोशन पोखरेलका अनुसार केही समय यता भोजप्रसाद अस्वस्थ थिए ।

उनको आजै पशुपतिमा दाहसंस्कार गरिने बताइएको छ ।

स्वर्गीय भट्टराईका दुई छोरा र दुई छोरी छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button