
काठमाडौं । आगामी निर्वाचनका लागि काठमाडौं क्षेत्र नम्बर १० बाट उम्मेदवार रहेकी सुमित्रा बस्नेतको उम्मेदवारी खारेज भएको छ ।
निर्वाचन अधिकृतको कार्यालयले मितेरी पार्टी नेपालका तर्फबाट उमेदवार बनेकी बस्नेतको उम्मेदवारी खारेज गरेको हो ।
कर्जा सूचना केन्द्रको कालोसूचीमा उनको नाम देखिएपछि उमेदवारी खारेज गरिएको निर्वाचन अधिकृत अमृताकुमारी शर्माले जानकारी दिइन् ।



