राजनीतिसमाचार

राष्ट्रिय मुक्ति पार्टी नेपालका धनुषा जिल्ला उपा अध्यक्षसहित एक दर्जनभन्दा बढी नेताको पार्टी परित्याग घोषणा

Ad 1
Ad 2
Ad 3
Ad 4

माघ ८, जनकपुरधाम। — राष्ट्रिय मुक्ति पार्टी नेपालका धनुषा जिल्ला उपा अध्यक्ष शंकर कुमार पासवान र जिल्ला सचिव जीवन यादवसहित एक दर्जनभन्दा बढी जिल्ला तथा विभिन्न पालिकाका नेता–कार्यकर्ताले पार्टी परित्याग गर्ने घोषणा गरेका छन्।
जिल्ला सदरमुकाममा आयोजित पत्रकार सम्मेलनमार्फत उनीहरूले सामूहिक रूपमा पार्टी छाड्ने निर्णय सार्वजनिक गरेका हुन्। उनीहरूले पार्टीको वर्तमान कार्यदिशा, संगठन सञ्चालन शैली र नेतृत्वको निर्णय प्रक्रियाप्रति असन्तुष्टि जनाउँदै परित्यागको घोषणा गरेको बताएका छन्।
पासवानले पार्टीभित्र आन्तरिक लोकतन्त्र कमजोर बन्दै गएको र जिल्ला तहका कार्यकर्ताको सुझाव तथा भूमिकालाई बेवास्ता गरिएको आरोप लगाए। सचिव यादवले समेत संगठन सुदृढीकरणभन्दा व्यक्तिगत स्वार्थ हावी भएको दाबी गरे।
पार्टी परित्याग गर्ने अन्य नेताहरू विभिन्न पालिका समितिमा आबद्ध रहेका बताइएको छ। उनीहरूले आगामी राजनीतिक यात्राबारे भने खुलाएका छैनन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button