
हेटौंडा । हर्क साङपाङ नेतृत्वको श्रम संस्कृति पार्टीबाट मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्बर १ का लागि विद्या श्रेष्ठले उम्मेदवारी मनोनयन दर्ता गराएकी छन् ।
श्रेष्ठले सोमबार हेटौंडा–११ स्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर आफ्नो मनोनयन दर्ता गराएकी हुन् ।
समर्थकहरूको उपस्थितिमा उनले निर्धारित समयभित्र उम्मेदवारी दर्ता गराएको निर्वाचन कार्यालयले जनाएको छ ।



