
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता कमल थापाले काठमाडौं निर्वाचन क्षेत्र नम्बर ५ बाट उम्मेदवारी दर्ता गराएका छन् ।
गृहजिल्ला मकवानपुर छोडेर थापा यसपटक काठमाडौं–५ बाट उम्मेदवार बनेका हुन् ।
थापा २०७९ को प्रतिनिधि सभा निर्वाचनमा मकवानपुरको क्षेत्र नम्बर १ बाट पराजित भएका थिए ।



