राजनीति

भ्रष्टाचारको आरोपमा मुद्दा खेपिरहेका पूर्वमन्त्री गुप्ता पूर्पक्षका लागि थुनामा

Ad 1
Ad 2
Ad 3
Ad 4

वीरगंज । भ्रष्टाचारको आरोपमा मुद्दा खेपिरहेका पूर्वमन्त्री राजकुमार गुप्तालाई विशेष अदालतले पूर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ।

बुधबार विशेष अदालतमा उपस्थित भएका गुप्ताको बयानपछि थुनछेक बहस भएको थियो। बहसपछि अदालतले उनलाई थुनामै राखेर मुद्दा अघि बढाउने आदेश दिएको हो।

विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट तथा सदस्यहरू डिल्लीरत्न श्रेष्ठ र विदुर कोइराला सम्मिलित इजलासले उक्त आदेश जारी गरेको हो।

अदालतको वेबसाइटमा प्रकाशित विवरण अनुसार गुप्तामाथि लागेको भ्रष्टाचार सम्बन्धी मुद्दामा थप सुनुवाइ थुनामै राखेर गरिनेछ। अदालतको आदेश पछि गुप्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखराको लिचीघारी जग्गा प्रकरणलाई लिएर भ्रष्टाचार सम्बन्धी मुद्धा दर्ता गरेको थियो।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button